होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट एकल उम्मेदवार सिफारिस भएका छन्।
नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटा मात्रै निर्वाचन क्षेत्र छ ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।