ट्रेण्डिङ

होमपेज / राजनीति

सामूहिक हत्याको मुद्दामा थुनामा रहेका आलमलाई कांग्रेसले किन प्रतिनिधिसभाका लागि नाम सर्वसम्मत गर्याे?

नेपालगाथा २०७९ भाद्र १६ गते बिहीबार १६:०४:११ मा प्रकाशित

काठमाडौं । जिउँदै व्यक्तिहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।

आलममाथि २०६४ सालको संविधान सभा चुनावलाई प्रभावित पार्न बम विस्फोटको योजना बनाएको, बम बनाउँदा विस्फोट भएर घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा पोलेर हत्या गरेको आरोप छ। 

उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top