ट्रेण्डिङ

होमपेज / राजनीति

चोलेन्द्रसँग आज २ घण्टामा दुई प्रश्न, बयान आकस्मिक रूपमा किन रोकियो?

नेपालगाथा २०७९ भाद्र १६ गते बिहीबार १४:१४:०४ मा प्रकाशित

काठमाडौं ।  महाभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ६ वटा प्रश्न साेधेकाे छ ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आकस्मिक रूपमा रोकिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । 

संसदको महाअभियोग सिफारिस समितिले राणालाई १९ गते दिउँसो १ बजे पुन: बयानका लागि बोलाएको छ ।बुधबार पहिलाे दिन समितिले चारवटा प्रश्नकाे जवाफ लिएकाे थियाे । उनलाई सोध्न समितिले ४४ वटा प्रश्न तयार पारेको थियाे । आज झण्डै २ घण्टा बयान चलेकाे थियाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top