होमपेज / राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले भेटवार्ता गरेका छन् ।
पार्टीका नेताहरुसहित दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रचण्डले नागरिकताको समस्या हल गर्न पुरानै कुरालाई राखेर विधेयक ल्याएको बताएका थिए ।
भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी थिइन् । प्रचण्डले पनि अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राखेको चासो र आफूहरुको धारणा समान रहेको बताएका थिए।
'संसद्मा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन। त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं। सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ', प्रचण्डको भनाइ उद्धृत गर्दै दाहालले फेसबुकमा लेखेकी छिन्।