ट्रेण्डिङ

होमपेज / राजनीति

महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने

नेपालगाथा २०७९ भाद्र १५ गते बुधबार १८:२६:०५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने बताएका छन् ।

 बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नै उमेदवारीको तयारी गरिरहेको बताएका हुन् ।कास्की-१ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले आफ्नो उम्मेदवारीबारे बोलेका हुन् ।

"कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उमेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद ! मैले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उमेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उमेदवार हुने यहीँबाट हो," उनले भनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top