होमपेज / राजनीति
विराटनगर । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा डा. सुनिल शर्माको नाम सिफारिस गरेको छ ।
काँग्रेसको क्षेत्रीय समितिले मंगलबार शर्माको नाम एकल रूपमा सिफारिस गरेको हो। बैठकले समानुपातिक तर्फ भने तीन जनाको नाम सिफारिस गरेको छ ।
‘प्रतिनिधि सभाका अरू पनि दाबेदार त थिए तर सहमतिका साथ शर्माको नाम एकल रूपमा सिफारिस गरिएको छ’, मोरङ -३ का कांग्रेस नेता भोजराज बस्नेतले भने, ‘यसले क्षेत्रमा पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गरेको छ।’