होमपेज / राजनीति
काठमाडौं अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छन् ।
राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो । उनले आफ्नो चुनावी अभियान पनि सुरू गरिसकेकी छन् । यद्यपि, पार्टीले निर्णय भने गर्न बाँकी छ ।
‘जिल्लाबाट सिफारिस भएको छ,’ केही दिनमा केन्द्रले निर्णय गर्नेछ,’ थापाले भनिन् ।