होमपेज / राजनीति
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)लाई ३ दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
अधिवक्ता दीपकराज जोशीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी रिटउपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो।अधिवक्ता जोशीको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको सोमबारको इजलासले ३ दिनभित्र जवाफ दिन भन्दै बालेन समेतका नाममा आदेश जारी गरेको हो।
पछिल्लोपटक भदौ ५ गते बालेनले मुद्दाको पेसी नआएकोप्रति व्यंग्य गरेका थिए ।