ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति भेट्न देउवासहित कांग्रेस पदाधिकारीहरू शीतल निवास पुगे

नेपालगाथा २०७९ भाद्र १३ गते सोमबार १५:०७:५६ मा प्रकाशित

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको पदाधिकारी टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका हुन।राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भई राष्ट्रियसभाको विधायन समितिमा छलफल सुरू भएकै दिन कांग्रेस पदाधिकारीले राष्ट्रपतिलाई भेट्न गएका हुन।

राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top