होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् ।
सरकारमा नेकपा माओवादी केन्द्रका दुई नेता मन्त्री नियुक्त भएका हुन। मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त गरेका छन् ।
नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।