होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई 'प्रमाण' उपलब्ध गराएको छ ।
बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजात भन्दै समितिलाई आइतबार ३४ बुँदासहितको पत्र दिएका हुन् ।
बारले आरोप पुष्टि हुने समाचारका लिंकहरू पनि पठाएको छ । विभिन्न मुद्दामा घुस लेनदेनका लागि भएका कुराको अडियो टेपदेखि रञ्जन कोइराला मुद्दासमेत लाई प्रमाण मान्न भनिएको छ ।