ट्रेण्डिङ

होमपेज / राजनीति

देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक छ:प्रचण्ड

नेपालगाथा २०७९ भाद्र ११ गते शनिबार १८:४६:१६ मा प्रकाशित

काठमाडौं । सत्तसाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन आवश्यक परेको बताएका छन् ।

शनिबार बुटवलमा सञ्चचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको जिकिर गरे ।

प्रचण्डले स्थानीय तह निर्वाचनको परिणाम जस्तो आए पनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकाले उपलब्धिमूलक मानेको उल्लेख गरे ।प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन गरिएको गठबन्धन आगामी चुनावमा थप बलियो हुने बताएका छन् ।

उनले माओवादी केन्द्र छाडेर गएका नेताहरू पुनः पार्टीमा फर्कंदा पार्टी थप बलियो भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top