होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० भन्दा कम सिट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् ।
अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि उनले सिट संख्या १०० बाट घटाउन नसकिने बताएका हुन् । “कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर, परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानुपरेको हो,” उनले भने ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं- ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।