होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष रवि लामिछानले ‘पछाडि बा आउने’ तीन जनालाई आगामी चुनावमा बिदा गर्नुपर्ने बताएका छन् ।
लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन् ।
कुनै बेला टेलिभिन कार्यक्रममा आफूले घुमेर किक हान्न मन छ भनेको विषयमा स्पष्टीकरण दिँदै उनले अब त्यसलाई सच्याउने बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।