ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह

नेपालगाथा २०७९ भाद्र १० गते शुक्रबार ०९:२०:१८ मा प्रकाशित

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ ।

राणाविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग ‘अध्ययन’ गरिरहेको समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए  उपलब्ध गराउन भनेको हो। 

“नेपालको सविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६९ बमोजिम प्रतिनिधि सभाका एक चौथाईभन्दा बढी सदस्यहरूले महाभियोग प्रस्ताव पेस गर्नु भएका छ,” सूचनामा भनिएको छ, “महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।” 

प्रतिक्रिया

सम्बन्धित खवर

Top