होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ ।
बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल हुनेछ । एमालेको बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको थियो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेछ ।
बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।