ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसले एमालेविरुद्ध कम्युनिस्ट प्रयोग गर्‍यो, वाममोर्चा बनाऔं १५० सिट जितिन्छ: घनश्याम भुसाल

नेपालगाथा २०७९ भाद्र ९ गते बिहीबार १५:१६:४५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेता घनश्याम भुसालले वाममोर्चा बनाएर चुनावमा जानुपर्ने प्रस्ताव पेस गरेका छन् ।

 एमालेको गत स्थायी कमिटी बैठकमा उनले उनले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै प्रस्ताव पेस गरेका हुन् । चुनावी रणनीति तय गर्न बिहीबार एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा भुसालले वाममोर्चा बने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ मध्ये १५० सिटमा जित हासिल गर्न सकिने प्रस्ताव पेस गरेका हुन् ।

उनले भनेका छन्,'अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तीमा १५० स्थानीय तह कम्युनिस्ट पार्टीको विभाजनका कारणले गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिस्टको नालायकी हो । फेरि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसद्को निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसद्‍मा दुई तिहाईभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top