ट्रेण्डिङ

होमपेज / राजनीति

बाबुराम भट्टराईले किन उठाए राष्ट्रपतिमाथि प्रश्न?

नेपालगाथा २०७९ भाद्र ९ गते बिहीबार १५:०८:५२ मा प्रकाशित

काठमाडौं ।  नेपाल समावजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक र पूर्व सैनिकसँग नागरिकता विधेयकबारे छलफल गरेको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार ट्वीट गर्दै डा.भट्टराइएले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकुल भएन ।’

नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै स्वविवेकीय अधिकार नदिएको उल्लेख गर्दै उनले थप लेखेका छन्, ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन ।’

राष्ट्रपति  भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरूलाई शीतलनिवासमा रात्रिभोज दिएकी थिइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top