होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दक्षिणपन्थी अवसरवाद र नेतृत्वविरुद्ध विद्रोह गर्ने आँट निकै ठूलो रहेको टिप्पणी गरेका छन् ।
बिहीबार नेकपा एस पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा आफ्नो प्रतिवेदन पेस गर्दै पूर्वप्रधानमन्त्री खनालले एमाल नेतृत्वमा रहेको केपी शर्मा ओली गुटमा दक्षिणपन्थी अवसरवाद झन्झन् घनिभूत भइरहेको आरोप लगाएका हुन् ।
‘आज हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिक्षा विचारविरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ,’ उनले भने, ‘ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्यो ।’
उनले एमालेले समाजवादी क्रान्तिको बाटोमा ठूला भ्रम सिर्जना गरिरहेको पनि आरोप लगाए । 'एमाले नेतृत्वमा रहेको ओली गुटमा दक्षिणपन्थी अवसरवाद झन्झन् घनिभूत भइरहेको छ । त्यसले समाजवादी क्रान्तिको बाटोमा ठूला भ्रमहरू सिर्जना गरिरहेको छ,'उनले भने ।