होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठकमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे छलफल मुख्य एजेण्डा छन् ।
पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भदौ ९ गते पोलिट्ब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी र १२ गते निर्वाचन परिचालन कमिटी बस्ने तयारी भएको छ ।