ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपालले भने:माओवादीसँग मिले पनि चुनाव आफ्नै चिन्ह लिएर लड्छौं

नेपालगाथा २०७९ भाद्र ७ गते मंगलबार १३:३१:२१ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चूनाव चिह्नका साथ निर्वाचनमा जाने बताएका छन् । 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको बताए ।

‘पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्छौं । माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्छ । त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको छ’, नेता नेपालले भने ।

त्यस्तै, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसँग विचार र राजनीतिक कार्यदिशामा पनि एकरुपता रहेकाले र फेरि पनि वामशक्तिहरु एकै ठाउँमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top