होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमार झाँक्रीले आइतबार साँझ फेसबुकमार्फत् गुल्मी २ बाट चुनाव लड्ने घोषणा गरिन् ।
सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन्– हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूर्णता दिन्छ । गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।”
उनले पाेस्ट गरेको पाँच मिनेटमै एक हजारभन्दा धेरै लाइक, ३३७ कमेन्ट र ८ शेयर भएको छ ।यसअघि सो क्षेत्रमा नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जित हासिल गरेका थिए ।