ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डकै विरोधी देव गुरूङ कसरी भए महासचिव?

वर्षमान पुन र जनार्दन शर्माबीच किन सहमति जुट्न सकेन?

नेपालगाथा २०७९ भाद्र ४ गते शनिबार २०:१६:२७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकबाट पदाधिकारी चयन गरिएको हो । अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । २१ जना पदाधिकारीको नाम प्रस्ताव गर्दा महिला एकजना मात्र छन् । 

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ । महाधिवेशन सम्पन्न भएको करिब आठ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्माबीच सहमति जुट्न नसकेपछि त्यसको विकल्पमा गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेका हुन् । पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय गरिए पनि त्यसको मिति भने पछि तय गरिने उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

 गुरुङलाई अहिले महसचिव चिट्ठा परेको पनि टिप्पणी हुन्छ । महासचिवका दाबेदारका रूपमा वर्षमान पुन र जनार्दन शर्मा थिए। उनिहरूबिच कडा प्रतिस्पर्धा थियाे। महासचिव नहुँदै शर्मा र पुनले देशव्यापी रुपमा पार्टीभित्र गुट चलाएका कारण उनिहररू पछि परेका हुन।

शान्ति प्रक्रियामा आएपछि अवसर पाउने सूचीमा गुरूङ पर्छन्। उनी दुई पटक स्थानीय मन्त्री भएका छन् भने एकपटक कानुन मन्त्री भएका छन्।शान्ति प्रक्रियापछि माओवादीभित्रको अन्तरसंर्घषमा मोहन बैद्यको लाइनमा रहेका गुरुङ प्रचण्डसँग छुटेर नयाँ पार्टीमा लागेका थिए । 

गुरुङ ०७० को दोस्रो संविधानसभा चुनाव बहिस्कार अभियानमा लागेका थिए। काठमाडौं १० मा उम्मेदवार भएका प्रचण्डलाई हराउने कमाण्ड  गुरुङले सम्हालेका थिए । प्रचण्डले बादललाई महासचिव बनाएका थिए ।गुरुङ पार्टीभित्र गुटबन्दी नगर्ने  इमान्दार नेताको रुपमा चिनिएका थिए।वैद्यलाई छोडेर आएपछि प्रचण्डको विश्वास गुरुङले जितेका कारण प्रचण्डले महासचिव बनाएको टिप्पणी गरिन्छ । 

गुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् ।वि.सं २०१५ कात्तिक २२ गते मनाङ, नाशोङ गाउँपालिका ४ मा जन्मेका गुरूङले स्नातकोत्तर गरेका छन्।विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय भएका गुरूड संविधान र कानून निर्माणका विषयमा बढी चासो राख्छन्। 

गुरुङले ०३६ सालमा नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरू गरेका हुन्।

यस्तो छ पदाधिकारीको सूची 

अध्यक्ष: पुष्पकमल दाहाल  ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष: नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष: कृष्णबहादुर महरा

महासचिव: देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल

सचिव: दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष: श्रीराम ढकाल प्रशान्त

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top