ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगको निर्देशन:बजेटमा नतोकिएका नयाँ कार्यक्रम नगर्नु

नेपालगाथा २०७९ भाद्र ४ गते शनिबार १८:४७:५७ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । 

 आयोगले तीनै तहका सरकारलाई यस्तो निर्देशन दिएको हो ।शनिबार विज्ञप्ति जारी गर्दै आयोगले त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने जनाएको छ । 

 ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका कार्यहरू भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न/नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरूलाई आयोगले निर्देशन दिएको छ ।’

आयोगको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top