होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन्।यस्तै सात उपमहासचिमा हरिबोल गजुरेल, वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादवको नाम प्रस्ताव गरेका छन् ।
दाहालद्वारा प्रस्तावित पदाधिकारीको सूची यसप्रकार छ-
वरिष्ठ उपाध्यक्षः नारायणकाजी श्रेष्ठ
उपाध्यक्षः कृष्णबहादुर महरा
महासचिवः देव गुरुङ
उपमहासचिवः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृका यादव, शक्ति बस्नेत
सचिवः दीनानाथ शर्मा, चक्रमाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य, राम कार्की
कोषाध्यक्षः श्रीराम ढकाल