ट्रेण्डिङ

होमपेज / राजनीति

गठबन्धन बैठक:सिट बाँडफाँट बारे के छलफल भयाे?

बासु देब न्याैपाने २०७९ भाद्र ३ गते शुक्रबार २०:१४:५६ मा प्रकाशित

काठमाडौं । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका-गरेका कार्यविवरण शीर्ष नेताहरूलाई बुझाएको छ ।

 सत्तारुढ गठबन्धनले साझा अवधारणा बनाउने जिम्मा पनि कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ ।सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएको र नेताहरूले त्यसबारे धारणा राखेको जानकारी दिए । ‘आजको बैठकमा कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत भयो । नेताहरूले पनि त्यसबारे धारणा राख्नुभयो,’ कार्कीले भने, ‘नेताहरूले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।’ 

सिट बाँडफाँडबारे हालसम्म भएको सहमतिबारे कार्कीले कुनै जानकारी दिन चाहेनन् । ‘चाँडोभन्दा चाँडो काम सम्पन्न गरेर तपाईंहरुलाई सुसूचित गर्नेछाैँ,’ उनले भने । प्रतिनिधिसभा र प्रदेशसभाका सिटहरूको बाँडफाँड एकै चोटि गरिने पनि उनले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैको सिट बाँडफाँट एकैपटक हुने पनि उनले बताए ।प्रतिनिधिसभाका जम्मा १६५ सिटमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिटको दाबी गरेपछि कार्यदलमा सहमति हुन सकेको थिएन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top