ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डको गुनासो: संघर्षका लागि होइन,अहिले पदका लागि प्रतिस्पर्धा हुन्छ

नेपालगाथा २०७९ भाद्र ३ गते शुक्रबार १४:५४:०३ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पद र प्रतिष्ठाका लागि प्रतिस्पर्धा हुन थालेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गरे ।तर आजभोलि नमिठो अनुभव हुन थालेको भन्दै उनले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’

प्रचण्डले पार्टीभित्र देखिएका विचलनका संकेतहरू सुधार्नका लागि महत्वपूर्ण योगदान गर्न पनि आग्रह गरे ।प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top