ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि कस्ले के भने ?

नेपालगाथा २०७९ भाद्र ३ गते शुक्रबार १४:१२:२० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ ।

यसअघि नै संसदका दुवै सदनबाट पारित गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

एमाएलेले माग गरेपछि मत विभाजनमा गएको थियो ।विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे ।

नेकपा एमालेका नेता खगराज अधिकारीले गैर संसदीय मूल्यमान्यता विपरीत नागरिकता विधेयक पारित गरिएको बताएका छन् ।उनले संसदीय मूल्यमान्यता मान्नेहरूका लागि यो गम्भीर विषय भएको बताए ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता बिधेयक फिर्ता पठाउनु गल्ती भएको कुरा संसदले सावित गरेको जिकिर गरे ।त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले राष्ट्रपतिले पुर्नबिचारका लागि पठाइएको बिधेयकलाई जस्ताको जस्तै पारित हुनु उचित नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top