ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी बनाउने

नेपालगाथा २०७९ भाद्र ३ गते शुक्रबार १४:०१:२९ मा प्रकाशित

काठमाडौैं । नेकपा माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ । 

अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस भएको हो ।

अध्यक्ष प्रचण्डले बिहीबारको स्थायी समिति बैठकमा पदाधिकारीको नाम प्रस्तुत गर्ने तयारी गरेका थिए । बुधबारको स्थायी समिति बैठकमा ४१ जना स्थायी समितिको नाम टुंगो लगाउने क्रममा प्रचण्डले बिहीबार पदाधिकारी टुंगो लगाउने बताएका थिए । तर, शुक्रबारसम्म पनि प्रचण्डले बैठकमा नाम सुनाउन सकेका छैनन् ।

अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top