ट्रेण्डिङ

होमपेज / राजनीति

क्रिप्टोकरेन्सीले मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

नेपालगाथा २०७९ भाद्र २ गते बिहीबार १५:५३:१८ मा प्रकाशित

काठमाडौं ।  क्रिप्टोकरेन्सीले मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

अधिवक्ता सागर बराललगायतले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।

आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top