ट्रेण्डिङ

होमपेज / राजनीति

भीम रावलले भने:नागरिकता क–कसले पाएका छैनन्, क–कसले गैरकानुनी पाएका छन्, छानबिन गरौँ

नेपालगाथा २०७९ भाद्र २ गते बिहीबार १५:०३:३४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले नागरिकता क–कसले पाएका छैनन् र क–कसले गैरकानुनी रूपमा पाएका छन् भनेर छानबिन गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले ‘भारत, बंगलादेशसहितका देशमा गरिएको अभ्यास राख्न नेपालमा किन आपत्ति ?’ भन्दै प्रश्न उठाए ।

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए ।

राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए । रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।

उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि सुनाएको कविता यस्तो छ :

देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ

नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top