ट्रेण्डिङ

होमपेज / राजनीति

हृदयेश त्रिपाठीले भने:नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश निबन्ध जस्ताे छ

नेपालगाथा २०७९ भाद्र २ गते बिहीबार १४:३२:३४ मा प्रकाशित

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकतासम्बन्धी विधेयकको सन्देश निबन्धजस्तो भएको भन्दै कटाक्ष गरेका छन् ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले विधेयकका कुन दफा संविधान विपरीत छ भन्ने नसकेको बताए । उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए एक ढंगले छलफल अगाडि बढ्थ्यो होला । त्यो नपाएको हुनाले बढी निबन्ध जस्तो लाग्यो ।’

उनले संविधान जारी भएको सात वर्षसम्म नागरिकले नागरिकता पाउन नसकेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top