ट्रेण्डिङ

होमपेज / राजनीति

हाम्रो पार्टी धेरै बिग्रेको छ:प्रचण्ड

नेपालगाथा २०७९ भाद्र २ गते बिहीबार १४:१८:४८ मा प्रकाशित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् । 

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुन थालेको बताएका हुन् ।

नले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताए । अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताए ।

‘त्यो बेला सानो थियो, निष्ठावान् थियो । तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ । हामी क्रान्तिकारी छैनौँ । हामी व्यक्ति बादी भएका छौँ आत्मकेन्द्रीत भएका छौँ’ उनले भने, ‘हामी स्वार्थ समूह बनाउने तिर लागेका छौँ । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्कलन आएको छ ।’ उनले पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top