ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाबाट नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी

नेपालगाथा २०७९ भाद्र १ गते बुधबार १८:४३:४२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ ।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गरियोस् भनी पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

 सरकारले राष्ट्रपति भण्डारीबाट आएको १५ बुँदे सन्देशको सम्बोधन नगरी यसअघि नै पारित गरेको विधेयकलाई पारित गराउने तयारी गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top