ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानन्यायाधीश विरुद्धकाे महाअभियोग सिफारिस समितिको पहिलो बैठक,छलफलमा के भने समिति सदस्यहरूले?

नेपालगाथा २०७९ भाद्र १ गते बुधबार १४:५७:०७ मा प्रकाशित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबारदेखि बल्ल सिफारिस समितिले कारबाही प्रक्रिया सुरु गरेको छ ।

गत १ फागुनमा महाअभियोगवाट निलम्बित भएका प्रधानन्यायधिस राणालाई महाअधियोग लगाउन हुने हो कि नहुने रु भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल भएकाे छ।

बैठकमा बोल्दै एमाले सांसद कृष्णभक्त पोखरेलले महाभियोग प्रक्रियामा कानुनविपरीत गइरहेको बताए। महाअभियोग दर्ता भए पनि लामो समयसम्म अध्ययन नभएको उनले असन्तुष्टि जनाएका हुन्।

महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमाले सांसदहरूले आपत्ति जनाएका छन् ।

महाभियोग दर्ता भएको आज ठ्याक्कै ६ महिना भयो । समयमा नै सकाउने गरी काम गरौं । रातदिन खटेर गरौं । अध्ययन गर्ने कागजात जति छन्, के कस्ता कागजात छन् आज या भोलिसम्ममा माग गरौं ।जति कागजात हो त्यति माग गरौं । नत्र अर्कोको जस्तो मागेको एक दिनको छ त्यसको भोलिपल्टको आउला ।लोसपा सांसद एकवाल मियाँले भने।

कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले राणालाई महाअभियोग लगाउनै पर्ने भएकाले प्रस्ताव दर्ता भएको बताए।  

जसलाई महाभियोग लगाउनुपर्ने हो उसलाई लगाएका छौं तर काम ठीक ढंगले भइरहेको छैन । तर काम त गर्नुपर्छ । हामीलाई ३ महिनाभित्रको समय हो । ३ महिनापछि भन्ने होइन । ३ महिनाभित्र यो काम सकौं । सिंगो संसद्ले हामीलाई जिम्मेवारी दिनमा ढिलाइ गर्‍यो । महाभियोग समितिमा पठाउन ढिलाइ गर्‍यो ।

आन्तरिक कार्यविधिको मस्यौदा प्रस्तुत भएको छ । कार्यतालिका अगाडि लिएर जाउँ । पहिलो कुरा दस्तावेज अध्ययन गरौं अबको बैठकमा । महाभियोग प्रस्ताव आउँदा १ वर्षअघिको झल्झली सम्झ्यौं भने हामी कसैले सम्झिरहेका थिएनौं । बार, बेन्च, उच्च अदालत, जिल्ला अदालत अस्तव्यस्त थिए । अहिले होइन कि होइन कि भन्ने लाग्छ होला । चोलेन्द्रलाई महाभियोग लगायौं तर अहिले हामीप्रति नै प्रश्न आएका छन्। अब यसलाई छिटो अगाडि बढाउँ । विश्वकर्माले भने।

नेकपा (एकीकृत समाजवादी) की सांसद कल्याणी खड्काले समितिले धेरै लामो कार्यविधि बनाउने भन्दा यो प्रक्रिया छिटो सकेर चुनावतर्फ जानुपर्ने बताइन्।सभापति पनि आत्तिनुभएको जस्तो छ । समय अत्यन्तै कम छ । जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने लाग्छ । भोलि नै बसौं पर्सि नै बसौं । जति लामो कार्यविधि बनाउँछौं त्यति निर्वाचनतिर लाग्नुपर्छ । खड्काले भनिन।

जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले महाअभियोग प्रस्तावमा आफ्नो पार्टी प्रस्तावक र समर्थक नरहेको भए पनि यसलाई चाँडै टुंग्याउनु पर्ने बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top