होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो ।दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।
आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन हो ।