होमपेज / राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री एवं नेकपा राष्ट्रिय एकता अभियानका नेता तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतम माओवादी केन्द्रको चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन।
नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी र नेकपा एकता अभियानले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।मंगलबार आगामी चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए
“गोलाकारभित्र हँसिया हतौडा भएको चुनाव चिह्नमा म चुनाव लड्छु भनेर इच्छा जाहेर गरेको हुँ,” उनले भने, “त्यसो गर्न म किन बाध्य भएँ भने गठबन्धनले मलाई न लिईकन पनि गठबन्धनमा सामेल भएको हुन्छु । जित सुनिश्चित हुन्छ ।”
नेकपा एमालेका पुर्वउपाध्यक्ष रहिसकेका नेता गौतम ०७७ असोज १ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।