होमपेज / राजनीति
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू माओवादी केन्द्रमा प्रवेश नगरेको प्रतिक्रिया दिएका छन्।
गौतमले आफू गठबन्धनको प्रतिनिधिको रुपमा नरहने बताएका छन्। यस्तै उनले आफू सत्ता गठबन्धनमा नरहने बताए ।गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् ।
गौतमले जित सुरक्षित गर्नका लागि नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार भएको बताएका हुन।“गोलाकारभित्र हँसिया हतौडा भएको चुनाव चिह्नमा म चुनाव लड्छु भनेर इच्छा जाहेर गरेको हुँ,” उनले भने, “त्यसो गर्न म किन बाध्य भएँ भने गठबन्धनले मलाई न लिईकन पनि गठबन्धनमा सामेल भएको हुन्छु । जित सुनिश्चित हुन्छ ।”