ट्रेण्डिङ

होमपेज / राजनीति

बाबुराम र प्रचण्ड पेरिसडाँडामा, चुनावी रणनीति र सिट बाँडफाँडका विषयमा छलफल हुँदै

नेपालगाथा २०७९ श्रावण ३१ गते मंगलबार १५:२२:३३ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भइरहेको छ ।

 प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका बाबुराम भट्टराई माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका हुन।

उनीहरूबीच चुनावी रणनीति र सिट बाँडफाँडका विषयमा छलफल हुँदै छ ।

भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top