ट्रेण्डिङ

होमपेज / राजनीति

बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चुनाव चिह्नबाट लड्ने

नेपालगाथा २०७९ श्रावण ३१ गते मंगलबार १५:०६:४६ मा प्रकाशित

काठमाडौं ।  आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । 

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले संयुक्तरुपमा चुनाव लड्ने विषयकाे प्रस्ताव स्वीकृत गरेकाे प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top