ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिकता विधेयक समितिमा नलैजाने, जस्ताको तस्तै पारित गर्ने गठबन्धनको निर्णय

नेपालगाथा २०७९ श्रावण ३१ गते मंगलबार १४:३३:१७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ ।

बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुन: संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ।

‘राष्ट्रपतिज्यूलाई रहेको संवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधानबमोजिम संसद्ले पुनः विचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमोजिम फिर्ता आएको उक्त विधेयकलाई संसदमा तत्काल प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ बैठकको निर्णयमा भनिएको छ।

 यद्यपि संसदले यसलाई कसरी अघि बढाउँछ भन्ने कुरा हेर्न बाँकी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top