होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताएका छन्।
राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैनथियो भन्ने पक्षमा आफू नरहेको भन्दै उनले संसद्ले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने बताएका छन् ।
‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो। हामीले त्यसको अध्ययन गर्न बाँकी छ,’ थापाले भने। विधेयकबारे व्यक्तिगत टिप्पणी नगर्ने बताएका उनले नागरिकताबाट नागरिक बञ्चित हुने अवस्था नआओस् भन्ने आफूहरूको उद्धेश्य रहेको उनको भनाइ छ ।