होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ को चुनावबाट पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताए ।
देउवाले आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताउँदै महत्त्वपूर्ण उपलब्धि पनि हासिल भएको बताए ।
'प्रदेश र प्रतिनिधिसभाको चुनावबाट पार्टीलाई पहिलो बनाउने गरी तपाईंहरू लाग्नुस्,'उनले भने, 'गठबन्धन हुन्छ धेरैभन्दा धेरै सिटमा हामीले जित्नुपर्छ ।'