ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड–बाबुराम वार्ता : बाबुरामले माओवादीकाे चिह्नबाट चुनाव लड्ने सहमति

नेपालगाथा २०७९ श्रावण २९ गते आइतबार १४:२०:१८ मा प्रकाशित

काठमाडौं । माओवादी पार्टीबाट बाहिरिएको ७ वर्षपछि अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ ।

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग बाबुरामले गरेको छलफलअनुसार चुनाव चिह्न  एउटै र साझा घोषणापत्र बनाएर जाने विषयमा पनि सहमति भएको छ ।

उनीहरूबीच पहिला नै अनौपचारिक सहमति भए पनि औपचारिक सहमति आइतबार भएको बताइएको छ ।बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ ।

माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top