होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई बुढ्यौली लागेको र लौरी टेकेर पनि अडिन नसक्ने भएको बताएका छन्।
लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन् ।
'बिचरा कांग्रेस, माया लाग्छ मलाई। मान्छेलाई त ७३, ७५, ८०, ८५, ९० मा अलिकति बुढौली लाग्छ। एउटा पार्टी त जवान हुन्छ नि ८०, ९०, १००, २०० वर्षमा। कांग्रेस के भएको? लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो। अडिनै नसक्ने, खुट्टै टेक्न नसक्ने भइसक्यो', उनले भने।
विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको बताए ।