होमपेज / राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् ।
प्रचण्ड र बाबुराम भटराईबीचको छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।हात्तीवनस्थित एक निजी निवासमा तीन नेताबीच छलफल भएको हो ।
जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ ।यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाट गरेका थिए ।