ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीसँग बाबुरामले भने:गठबन्धनमा हाम्रो पनि हक लाग्छ

सहभागी गराउन आग्रह

नेपालगाथा २०७९ श्रावण २४ गते मंगलबार १९:४८:५४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी (नेसपा)लाई गठबन्धनमा ल्याउन आफू सकारात्मक रहेको बताएका छन् । 

अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटार गएका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए ।

"तपाईंहरूलाई पनि गठबन्धनमा सहभागी गराउनुपर्छ भनेर सोचिरहेको थिएँ । म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलहरूसँग सल्लाह गरेर खबर गर्छु," देउवाले भेटमा भनेका थिए ।

यसबारे पनि यादवले भने, ‘उहाँले गठबन्धनमा छलफल गरेर गर्छौं भन्नु भएको छ । सकरात्मक कुरा भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top