होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् ।
मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् ।
मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष भट्टराई बालुवाटार पुगेका हुन् ।