होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म १० दल दर्ता भएका छन् । एमाले महासचिव शंकर पाेखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।
यसअघि, पहिलो दलका रूपमा जनमत पार्टी दर्ता भएको थियो ।यस्तै हालसम्म मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल दर्ता भएका छन् ।