ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरियोः देवकोटा

नेपालगाथा २०७९ श्रावण २३ गते सोमबार १६:५०:५१ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभाको बैठक राखेर राज्यको दोहन गरिएको टिप्पणी गरेका छन् । 

सोमबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि सांसदहरूको कार्यकाल समाप्त भएको बताए।

कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राखेर राज्यको दोहन नगर्न देवकोटाले आग्रह गरे ।संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने उल्लेख गरेको भन्दै उनले संविधानअनुसार सभामुख र उपसभामुखबाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्नुपर्ने बताए।

‘संविधानले सभामुख र उपसभामुखको पद अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र कायम रहने भनेपछि सभामुख र उपसभामुख बाहेकका सांसदहरूको कार्यकाल समाप्त भयो भनेर बुझ्न पनि जरुरी छ,’ देवकोटाले भने, ‘कार्यकाल समाप्त भएका सांसदहरूको नाममा बैठक राख्न पाइँदैन । पसल खोल्न पाइँदैन । राज्यको दोहन गर्ने काम बन्द होस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top